• जेष्ठ ९ २०८३, शनिबार

बर्दियामा बाढीले बगाउँदा तीन जना वेपत्ता

श्रावण २९ २०८०, सोमबार

काठमाडौं । बर्दियामा बाढीले बगाउँदा बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरूलाई नदीले भारत पुर्‍याएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

मोटरबोटको सहायताले खोजी गर्दासमेत फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

बबई नदीमा आएको बाढीमा परी आइतबार गुलरिया नगरपालिका–१२, भैसाहीका ३० वर्षीय बालकृष्ण थारु र गुलरिया नगरपालिका–८, थपुवाका २२ वर्षीय अक्षय चौधरी र गुलरिया नगरपालिका–२ निवासी महेश चौधरी पण्डितपुर घाटबाट बेपत्ता भएका थिए ।