• जेष्ठ ९ २०८३, शनिबार

पहिरो हटाएपछि कुलेखानी–सिस्नेरी सडक सञ्चालनमा

श्रावण २९ २०८०, सोमबार

वर्षाको कारण अवरुद्व कुलेखानी–सिस्नेरी सडक सञ्चालन भएको छ । लगातार वर्षाको कारण आइतबारदेखि बन्द रहेको भिमफेदी कुलेखानी सिस्नेरी सडक पहिरो पन्छाएर सोमबारबाट सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक सञ्चालन भएसँगै हेटौँडा काठमाडौँ आवतजावत खुल्ला भएको छ । सडक सञ्चालन भएपछि यात्रुहरु गन्तव्य तर्फ लागेका छन् ।