काठमाडौँ । जनमत पार्टीबाट मन्त्री बनेकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदभार ग्रहण गरेकी छन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साहले सहज ढंगले जनतलाई सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमितामा रहने बताइन् । उनले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।
