काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्।
भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए। त्यसअघि बिहीबार अनौपचारिक छलफलका लागि देउवा निवास धुम्बाराहीमा पनि छलफल राखिएको छ।
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ छन्।