• बैशाख २८ २०८३, सोमबार

नेविसंघ विभाजन, खड्काको नेतृत्वमा बन्यो समानान्तर समिति

माघ १९ २०७९, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीको समानान्तर कमिटी गठन भएको छ । नेविसंघ रुपन्देहीको सभापतिमा सन्दिप पाण्डेलाई नियुक्त गरेपछि बिहीबार जिल्लामा समानान्तर कमिटी गठन गरिएको हो ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाण्डेलाई जिल्ला सभापतिको जिम्मेवारी दिएपछि संस्थापन इतर समूहले शमसेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको सदस्यमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली, दिपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कंडेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव, अनिल परियार, सम्झना पंगेनी, प्रेमराज परियार, सागर घिमिरे, सुमन गुरुङ, सौरभ श्रेष्ठ, राजन थापा, विधान खाती, नीरज श्रेष्ठ लगायत रहेका छन् ।