• बैशाख २८ २०८३, सोमबार

मेरो मौनता आजसम्मका लागि मात्रै होः रवि लामिछाने

माघ १९ २०७९, बिहीबार

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना बारेमा जे–जे टिप्पणी गर्न बाँकी छ, गरिहाल्न भन्दै चुनौती दिएका छन् ।

प्रमुख सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओली लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्र लामिछाने र उनको पार्टी रास्वपालाई गृहमन्त्री दिन नहुने पक्षमा छन्।

यहीबीच बिहीबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले भनेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यू होइन।’