• जेष्ठ ८ २०८३, शुक्रबार

कर्णाली र सुदूरपश्चिममा आंशिक बदली,बाँकी भू–भागमा मौसम सामान्यतया सफा

माघ १९ २०७९, बिहीबार

काठमाडौं । देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार बिहीबार राति भने प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।