• बैशाख २८ २०८३, सोमबार

धर्म परिवर्तन तत्काल रोकियोस् : रघुजी पन्त

माघ १८ २०७९, बुधबार

काठमाडौं । एमाले सांसद रघुजी पन्तले नेपालमा फैलाइएको धर्म परिवर्तनलाई तत्काल रोक्न माग गरेका छन् । आजको संसद बैठकमा बोल्दै उनले क्रिश्चियनिटीलाई रोक्न राज्यले तत्काल कदम चाल्न माग गरेका हुन् ।

पन्तले हिन्दू धर्ममा खराबीहरु छन् तर यसको नाममा नेपालमा विकसित भएका विभिन्न संस्कृति, परम्परा र धर्महरुलाई नै नामेट पार्नेगरी गरिंदै आइएको धर्मपरिवर्तनले सामाजिक विखन्डन ल्याउने जिकिर गरे ।

सांसद पन्तले सरकारमा रहेको राप्रपाका केही नेताले धर्मनिरपेक्षताको विरोध गरेकोमा आपत्ति जनाउँदै सांसद पन्तले संविधानले अंगिकार गरेको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका विरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताए ।