• श्रावण ३ २०८३, आईतवार

सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

माघ १७ २०७९, मंगलवार

काठमाडौं। २० लाख धरौटी बुझाएर जेलबाट रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्नुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन परेको छ ।

नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेका सन्दीपलाई थुनामा राख्नुपर्ने मागसहित मंगलबार महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएको हो ।

निवेदनमा २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश खारेज हुनुपर्ने माग पनि गरिएको छ । पुष २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहित लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर, उक्त आदेश बेरितको भएकाले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरिएको छ।