काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालयबारे तत्काल निर्णय नहुने बताएका छन्।
मंगलबारको पदाधिकारी बैठकमा भएको छलफलको निष्कर्ष सुनाउँदै महराले रवि लामिछानेको नागरिकता मुद्दामा अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे थप निर्णय नहुने बताएका हुन्।
‘गृह मन्त्रालयमा अदालतको पूर्ण पाठ नआउँदासम्म थप निर्णय हुँदैन,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले सो मन्त्रालय आफैंले राख्नुभएको छ। त्यही कायम रहन्छ।’