• बैशाख २८ २०८३, सोमबार

आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोक्यो

माघ १६ २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ।

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार निर्वाचनको कार्यतालिकासहित मिति तय गरिएको हो।

त्यसमा राष्ट्रपति र उपराष्ट्रपतिको मनोनय लगायतको कार्यतालिका छ। थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।