काठमाडौं । आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउने क्रममा गम्भीर घाइते भएकी घरबेटीको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन् । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षेत्रीलाई बचाउने जाने क्रममा घरबेटी स्वयं गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत सापकोटाको सोमबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए।