• बैशाख २८ २०८३, सोमबार

आज पनि माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माघ १६ २०७९, सोमबार

maobadimकाठमाडौँ । माघ १२ गतेदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

स्थायी समिति बैठक आज सोमबार पनि पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणासहित विविध विषयमा निर्णय लिइने बताइएको छ । माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छ ।