• बैशाख २८ २०८३, सोमबार

परराष्ट्रमन्त्री पौड्यालको पहिलो विदेश भ्रमण श्रीलंका

माघ १५ २०७९, आईतवार

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको पहिलो विदेश भ्रमण श्रीलंका हुने भएको छ । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल यही बिहीबार कोलम्बो जान लागेकी हुन् ।

परराष्ट्र स्रोतका अनुसार नेपालका लागि श्रीलंकाकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले सिंहदरबार पुगेर श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिएलगत्तै नेपालले सहभागिता जनाउने जवाफ दिएको हो ।

कार्यवाहक राजदूत डिल्मिनीले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिलेले पठाएको निम्तोलाई परराष्ट्र मन्त्री पौड्याललाई हस्तान्तरण गरेकी थिइन् । जवाफमा परराष्ट्रमन्त्री पौड्यालले आफूले श्रीलंकाको भ्रमण गर्ने जवाफ दिएकी हुन् ।