• बैशाख २८ २०८३, सोमबार

रबि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र

माघ १५ २०७९, आईतवार

काठमाडौ‌‍‍ । सर्वोच्च अदालतले रबि लामिछानेको पहिलाको नागरिकता खारेज भइसकेकाले सांसद हुन अयोग्य ठहर गरेपछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालय गएर प्रक्रिया पुर्याएर नागरिकता प्रमाणपत्र लिएका छन् ।

२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए। तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन्।

२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए।

त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको छ।

यस्तोमा उनको यो सबै प्रक्रियालाई खारेज गर्दै सर्वोच्चले उनलाई नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाउन पाउने गरी आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि उनी आइतवार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगे। त्यहाँ उनले नेपाली नागरिकताका लागि निवेदन पेश गरेका हुन् ।