• बैशाख २८ २०८३, सोमबार

सभामुखको कार्यालय नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

माघ १४ २०७९, शनिबार

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय हाइज्याक भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले सरकारमा सहभागी हुनबाट रोक्ने उद्धेश्यले एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताए ।

उनले एमाले र सरकार सभामुखसँग चाँडोभन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए । उनले संसद्लाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप समेत लगाए । उनले संसद्मा कुनैपनि प्रतिपक्ष नरहेको बताउँदै संसद्लाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मूल मर्म र आत्मामाथिको प्रहार भएको बताए ।

उनले भने, ‘संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको छ । संविधानको विद्यार्थीले संविधान पढ्ने हो भने उसलाई कुनैपनि पावर छैन भन्छ तर बाहिरको कुरा हेर्ने हो भने सिंहदरबारबाट पावर सिस्टम नै शीतलनिवासतिर सिफ्ट भयो । राष्ट्रपतिले दुई दुई पटक सरकारबाट गएको विधेयक पनि पास गर्नुभएन । संविधान नै गोजीमा राखेर हिँड्नुभएको जस्तो भयो । प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन, तर उहाँ नै जनताबाट सबैभन्दा धेरै मतले जितेर आउनुभयो ।’