• बैशाख २८ २०८३, सोमबार

ऋषि धमला पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

माघ १४ २०७९, शनिबार

काठमाडौं । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराइन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुङ्गो नलागेको बताइन् । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् ।

उनी बैंकर तथा व्यवसायी हुन् । कलाकार गौतमलाई उच्च तहको जिम्मेवारी दिइने चर्चा छ ।