काठमाडौँ । आज शनिबार देश भरिका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।
सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।
‘जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached ’ देखाउँछ । यसबारे प्रधानमन्त्री कार्यलयमा बुझ्दा कार्यालयका अधिकारीले यसबारे बुझिरहेको जानकारी दिएका छन् ।