• बैशाख २८ २०८३, सोमबार

रविको नागरिकता सम्बन्धि फैसलाको पूर्वमहान्यायाधिवक्ता संग्रौलाले गरे स्वागत

माघ १३ २०७९, शुक्रबार

काठमाडौं । वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविको नागरिकता कायम हुन नसकेको फैसला सुनाएको हो ।

‘रविको नागरिकता गैरकानुनी हो भन्ने थाहा भएकै कुरा हो, सोही अुनसार फैसला आयो । यो फैसलाले रवि लामिछानेको पद गयो’, संग्रौलाले रातोपाटीसँग भने, ‘पार्टीको हकमा अध्यक्ष फेर्दा हुन्छ । अब उहाँ नेपाली नागरिक नै नभएपछि उहाँको अध्यक्षतामा कसरी पार्टी हुन्छ र ? स्वतन्त्र पार्टी भने रहन्छ ।’