• बैशाख १६ २०८३, बुधबार

तालिबान सरकारले इरानमा रहेका आफ्ना ३ हजार शरणार्थी फिर्ता बोलायो

माघ १३ २०७९, शुक्रबार

काबुल । इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल इरानबाट तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको छ । अफगानी शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ ।

हालै तीन हजार १२३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो । तालिबानको नेतृत्वमा चलेको अफगानी सरकारले इरानमा रहेका अफगानिस्तानका शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनवरी २४ र २५ मा क्रमशः ३ हजार १२३ अफगानी आप्रवासीलाई इरानबाट निकालिएको घोषणा गरेको छ । इरानमा पछिल्लो समय अफगान नागरिकलाई हिरासतमा राखेर जबरजस्ती अफगानिस्तान पठाइएको छ । धेरै अफगानहरूले आफ्नो जीवनको चिन्ता र डरलाग्दो आर्थिक अवस्थाको कारण देश छोडेका थिए ।

इरानमा हाल ४० लाखभन्दा बढी अफगानीहरू बसोबास गरिरहेका देशको विदेश मन्त्रालयले जनाएको छ । इरानबाट फर्केका शरणार्थीहरु हेरात र निमरुज प्रान्तहरू हुँदै अफगानिस्तान प्रवेश गरेका तालिबान अधिकारीहरूले जनाएका छन् । इरानी अधिकारीहरूलाई अफगान शरणार्थीहरूसँग शिष्ट व्यवहार गर्न आग्रह गरिएको छ ।

गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि हजारौं अफगानीहरू तालिबानको सत्ताका कारण मृत्युको डरले देश छोडेर भागेका थिए ।

आफनिस्तान तालिबानले पुनः नियन्त्रणमा लिएपछि अफगानिस्तानसँग सीमा जोडिएका दुई राष्ट्र इरान र पाकिस्तानमा ठूलो संख्यामा बसाइँसराइको लहर चलेको खामा प्रेसले जनाएको छ ।