काठमाडौँ । संघीय संसदअन्तर्गत शुक्रबार राष्ट्रियसभाको बैठक बस्दैछ।
आज अपरान्ह ३ः५९ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
मन्त्री खनालले प्रस्तुत गरेकाे प्रस्तावमाथि राष्ट्रियसभा सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्।