• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटरमा भेटवार्ता

माघ १२ २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । आज (बिहीबार) दिउँसो १२ बजे प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

प्रचण्डलाई भेट्न ओली दिउँसो १२ बजे बालुवाटार पुगेका हुन् । भेटवार्ताको क्रममा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।

अस्ति (मंगलबार) पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।