• जेष्ठ ८ २०८३, शुक्रबार

भारतीय रुपैयाँसहित ईटालियन नागरिक पक्राउ

माघ १० २०७९, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।