काठमाडौं । आज (सोमबार) रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो।
यसैगरी यसपालिको हिउँदमा विगत ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ।
विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो।
नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको छ।