भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई भेट्न कमलविनायक भक्तपुर गएकी छिन् । शनिबार अपरान्ह राष्ट्रपति भण्डारी अध्यक्ष विजुक्छे निवास पुगेकी हुन् ।
उनीहरूबीच देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ । हालको तिब्र राजनीतिक उतारचढावकाबीच राष्ट्रपति नै विजेक्छेलाई भेट्न जानुलाई अर्थपूणर्रुपमा हेरिएको छ ।