• बैशाख २८ २०८३, सोमबार

नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग

माघ ७ २०७९, शनिबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्ष दलको घोषणा गर्न माग गरिएको छ । शनिबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसद प्रेम सुवालले नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै सभामुख समक्ष लिखित निवेदन पेस गरे ।

प्रतिनिधिसभामा नेमकिपाका तर्फबाट उनी एक मात्र सांसद रहेका छन् ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्ष दल हुन सक्दैन । त्यसकारण नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै लिखित निवेदन पेस गर्दछु’ उनले भने । प्रमुख प्रतिपक्ष दल घोषणा नगरी उपसभामुख चयन नगर्न समेत उनले माग गरे ।