• जेष्ठ ८ २०८३, शुक्रबार

एक जनामा कोरोना संक्रमण पुष्टि

माघ ६ २०७९, शुक्रबार

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

५४० जनाको नमूना परीक्षण गर्दा सो अवधिमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

५४० जनाको पीसीआर र एन्टीजेन विधिबाट कसैको पनि परीक्षण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ११ जना संक्रमणमुक्त भएका छन् भने देशभर २६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।