• बैशाख २८ २०८३, सोमबार

उपसभामुखमा मुक्ताकुमारी यादवलाई मत हाल्न कांग्रेसले जारी गर्यो ह्वीप

माघ ६ २०७९, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख पदमा शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ता कुमारी यादवलाई मत हाल्न ह्वीप लगाएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपसभामुखकी अर्की उम्मेदवार इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।