• बैशाख २८ २०८३, सोमबार

उप–सभामुखमा इन्दिराको उम्मेदवारी दर्ता

माघ ६ २०७९, शुक्रबार

काठमाडौँ। उपसभामुखका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाकी सांसद समेत रहेकी रानामगरले आज दिउँसो संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकि हुन् ।

शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले उनलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता साझेदार दलहरुबीच भएको भागबण्डाका आधारमा उपसभामुख पद रास्वपाले पाउने भएको हो ।

उम्मेदवारी दर्ताका क्रममा रानामगरलाई रास्वपाकै सांसद सोबिता गौतमले प्रस्ताव गरे भने नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका अध्यक्ष एवं उपप्रधानमनत्री राजेन्द्र लिङ्देनले समर्थन गरेका छन् ।

उभसभामुखका लागि भोलि शनिबार निर्वाचन हुँदै छ ।