• बैशाख २८ २०८३, सोमबार

उपसभामुख निर्वाचनका लागि आज मनोनयन हुँदै

माघ ६ २०७९, शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि शुक्रबार मनोनयन हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनाेनयन दर्ताकाे कार्यसूची छ। उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुँदैछ।

सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलकाे बैठक आज ९ बजे बस्ने र बैठकले पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने बताइएकाे छ।

काठमाडौँ २ बाट निर्वाचित भएकी २७ वर्षीय सांसद साेबिता गौतमलाई स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार बनाउने करिब निश्चितजस्तै छ। सोवितासँगै चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर पनि उपसभामुखका लागि आकांक्षी छन् ।

सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ । गौतमलाई उम्मेदवार बनाउन संविधानको उक्त व्यवस्थाको समेत सम्बोधन हुनेछ ।