• बैशाख २८ २०८३, सोमबार

सभामुखको निर्वाचनमा ५ सांसद अनुपस्थित

माघ ५ २०७९, बिहीबार

काठमाडौँ। आज बिहिबार प्रतिनिधिसभाको सभामुख पदका लागि भएको निर्वाचनमा ५ सांसद अनुपस्थित भएका छन् ।

सांसदहरुमा वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी अनुपस्थित भएका हुन् ।

एकजना सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् भने वर्षमान पुन बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बिहीबारको बैठकमा २६८ सांसद उपस्थित भएका थिए ।