• बैशाख २८ २०८३, सोमबार

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखलेद्वारा शपथ ग्रहण

माघ ४ २०७९, बुधबार

काठमाडौं। लुम्बिनी प्रदेशको सभामुखमा निर्वाचित तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले घर्तीलाई शपथ गराएका हुन् ।

त्यसलगतै सभामुख घर्तीले उपसभामुख मेनुका खाँण केसीलाई शपथ गराएका छन् । लुम्बिनीमा मंगलबार सभामुख र उपसभामुख निर्वाचित भएका थिए ।

शपथ समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुखसचिव सहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागिता रहेको थियो ।