काठमाडौं । जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही (ज्ञाने) पार्टीको प्रमुख सचेतक नियुक्त भएका छन् । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
शाही मन्त्रीका आकांक्षी थिए । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।
