• बैशाख २८ २०८३, सोमबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै,सभामुखबारे निर्णय गर्ने

माघ ४ २०७९, बुधबार
काठमाडौँ ।  नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।

प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन

आज कांग्रेसको बैठक बस्ने भएको हो ।

प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन्।

बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ।

संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।