• जेष्ठ ८ २०८३, शुक्रबार

डा.रुइतलाई १० लाख डलरको पुरस्कार दिइने

माघ ३ २०७९, मंगलवार

काठमाडौं । डा.सन्दुक रुइतलाई १० लाख डलरको पुरस्कार दिइने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कार यो वर्ष उनलाई दिन लागिएको हो ।

मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई यो  पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार २०१३ देखि दिन थालिएको थियो ।