• बैशाख २८ २०८३, सोमबार

ओलीले कांग्रेसलाई भने, ‘सत्तामा जाने दाउ नखेले हुन्छ’

माघ ३ २०७९, मंगलवार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुअघि नै सत्ता साझेदार दलहरूबीच राष्ट्रपति, सभामुख लगायतका पदमा सहमति भइसकेको बताएका छन् ।

आज बालुवाटारमा भएको सर्वदलीय बैठकमा ओलीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा पुस १० गते दिउँसो २ बजे नै सहमति भइसकेको भन्दै कांग्रेसलाई दाउ नराख्न चेतावनी दिएको स्रोतले बतायो ।

प्रचण्डले पुस १० गते राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी गरेका थिए । त्यतिबेला बालुवाटारमा तत्कालीन गठबन्धन तोडिए लगत्तै ती पदमा सहमति भएको ओलीको दाबी छ । ओली निवास बालकोटमा सहमति जुटाएर दाबी पेस गर्न नेताहरू अपराह्न ४ बजे मात्रै राष्ट्रपति कार्यालय हिँडेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने ती पदहरूमा सहमति जुटाएर जान प्रस्ताव राखेका छन् । प्रस्ताव आएपनि कुनै सहमति नभएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।