• बैशाख २८ २०८३, सोमबार

आज मन्त्रिपरिषद् विस्तार गरिंदै, दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ

माघ ३ २०७९, मंगलवार

काठमाडौँ । आज सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुङ्ग्याएसंगै आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

सहमति अनुसार गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ७ वटा मन्त्रालय अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको छ भने माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । यस्तै राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

माओवादी केन्द्रले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ ।

राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । त्यस्तै जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।