• बैशाख २८ २०८३, सोमबार

लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित, उपसभामुखमा खाँणको उम्मेदवारी दर्ता

माघ २ २०७९, सोमबार

दाङ । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ ।

उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मलादेवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुनमगरले सभामुखमा एकल उम्मेदवारी रहेको बताए । उनले उपसभामुखमा प्रक्रिया अनुसार नै अगाडि जाने बताए । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुनेछ ।

सभामुखमा एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । अब उपसभामुखको मात्रै निर्वाचन हुने छ ।