• जेष्ठ ८ २०८३, शुक्रबार

पहिचान नखुलेका, विदेशी नागरिक र विमानका चालक दलका सदस्यको शव काठमाडौं ल्याइदै

माघ २ २०७९, सोमबार

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिचान खुल्न नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं पठाउने तयारी गरेको छ।

पहिचान खुल्न नसकेका, विदेशी नागरिक र चालक दलका सदस्य तथा आफन्त नभएकाहरूको शव काठमाडौं पठाउने तयारी भइरहेको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए।

‘प्रतिष्ठानमा पोस्टमार्टम गर्न मिल्नेको यहीँ पोस्टमार्टम गरिन्छ,’ पहिचान नखुलेका, विदेशी नागरिक, चालक दलका सदस्य र काठमाडौं लैजान चाहेका शवहरू कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काडमाडौं पठाउने तयारी गरिरहेका छौं।’

प्रतिष्ठानमा उपलब्ध शव गृहमा मात्र शवको व्यवस्थापन गर्न नसकिने अवस्थामा सोको व्यवस्थापनको लागि पोखरास्थित अन्य अस्पताल तथा मेडिकल कलेजहरूमा अनुरोध गर्ने तयारी भइरहेको उनको भनाइ छ।

‘पोस्टमार्टम्का लागि राष्ट्रिय टिम गठन गरेका छौं। काठमाडौंबाट डाक्टरहरू आउँदै हुनुहुन्छ। उहाँहरू आउनेबित्तिकै हामीले पोस्टमार्टम गरेर छिटोभन्दा छिटो आफन्टको जिम्मा लगाउने छौं,’ उनले भने।