• जेष्ठ ८ २०८३, शुक्रबार

विमान दुर्घटनामा परेका डाक्टर दम्पती विदामा छुट्टी मनाउन पोखरा गएका थिए

माघ २ २०७९, सोमबार

काठमाडौं । पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत् एक डाक्टर दम्पतीको दुखद् निधन हुन पुगेको छ ।

विमानमा ट्रमा सेन्टरमा कार्यरत् अर्थोपेडिक सर्जन डाक्टर सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना र बच्चा पनि रहेको ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले बताए ।

उनीहरू छुट्टीमा परिवारसहित पोखरा घुम्न हिँडेको बताइएको छ। आइतबार बिहान काठमाडौंबाट पोखरा लागि उडेको यति एयरलाइन्सको ९ एन-एनएनसी एटीआर विमान बिहान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो।