• बैशाख २८ २०८३, सोमबार

बागमती प्रदेशको उपसभामुखमा तीन जनाको उम्मेदवारी (नामावलीसहित)

माघ २ २०७९, सोमबार

हेटौडा । बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ ।

आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा (एमाले) नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ ।

तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद् सचिवालयले जनाएको छ ।