• जेष्ठ ७ २०८३, बिहीबार

मौसम पूर्वानुमान: तराईका केही भू-भागमा हुस्सु,हिमाली भू-भागमा हिमपात

पुष ३० २०७९, शनिबार

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।