• बैशाख २८ २०८३, सोमबार

भावुक हुँदै नेपाल र खनालको हातबाट टिका थाप्दै समाजवादीमा प्रवेश गरे भुसाल

पुष २९ २०७९, शुक्रबार

काठमाडौं । केही समयअघि एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् । राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसअघि नेकपा एमालेका नेता समेत रहेका भुसाल सो पार्टी परित्याग गरी रुपन्देही (१ बाट (स्वतन्त्र) निर्वाचन लडेका थिए । तर झिनो मतका कारण उनी पराजित भएका थिए ।

उनलाई माके र कांग्रेस सामेल गठबन्धनको साथ थियो । एमालेमा अध्यक्ष केपी ओलीको चेपुवामा परेको बताउँदै आएका नेता भुसालले आज आफ्नै पुराना सहकर्मी नेताहरु झलनाथ खनाल र अध्यक्ष माधव नेपालको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका छन् ।