• बैशाख २८ २०८३, सोमबार

ओलीको चर्को आलोचना गर्दै एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल

पुष २९ २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र हैसियतमा बसेका घनश्याम भुसाल ३ महिनापछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुअघि भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले धेरैजसो समय ओलीको आलोचन गर्नुमा खर्चिए ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले ओलीमाथि एक दर्जनभन्दा धेरै निर्मम आरोप लगाए । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेको बताए ।

ओलीबारे टिप्पणी गर्दै भुसालले भने- ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।