काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन्।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन्। उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन्।