सुर्खेत । कर्णाली प्रदेशमा नयाँ बन्ने सरकारमा नेकपा (माओवादी केन्द्र)ले मन्त्री नदोहोर्याउने भएको छ । पार्टीले यसअघिको सरकारमा मन्त्री बनेकाहरुलाई पुनः मन्त्रीमा नहोहोर्याउने भएको हो ।
पुराना कसैलाई पनि पुनः मन्त्री नबनाउने निर्णय भएको माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
यसपटकको प्रदेशसभा सदस्यमा विजयी भएका नयाँ अनुहारलाई मन्त्री बनाउने निर्णय भएको मल्लले बताए । हिजो (बिहीबार) माओवादी केन्द्रबाट प्रदेशसभा निर्वाचन गुगुबाट मंगलबहादुर शाही विना विभागीय मन्त्रीमा नियुक्त भएका छन् ।