• जेष्ठ ७ २०८३, बिहीबार

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

पुष २८ २०७९, बिहीबार

काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।

उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न जिल्ला अदालतले आदेश दिएको हो। अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश जारी गरेको छ भने विदेश जान भने रोक लगाएको छ ।