• बैशाख २८ २०८३, सोमबार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ

पुष २८ २०७९, बिहीबार

काठमाडौं। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।

माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

यस्तै आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १र१ जनालाई मन्त्रीमा नियुक्त, गर्ने तयारी गरेका छन् । एमालेबाट विनोद कुमार शाह र माओवादीबाट मुगुका मंगल शाही मन्त्री बन्ने भएका छन् । उनीहरू दुवै जना बिना विभागीय मन्त्री बन्दै छन् ।