• बैशाख २८ २०८३, सोमबार

गण्डकीमा कांग्रेससँग विश्वासको मत माग, मुख्यमन्त्री र संसदीय दलको नेताबीच छलफल हुँदै

पुष २८ २०७९, बिहीबार

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीले कांग्रेसँग विश्वासको मतका लागि छलफल गर्ने भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले यहीँ पुष २९ गते विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेसबाहेक ३३ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

संविधान अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री अधिकारीले कांग्रेससँग समेत विश्वासको मत माग्ने बताएका छन् ।

उनका अनुसार कांग्रेसले पनि आफूलाई विश्वासको मत दिए प्रदेशको विकास गर्न सहज हुनेछ । यद्यपि संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बैठक बसेर निर्णयमा पुग्ने बताए । पाण्डे भन्छन्, मुख्यमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्ने विषय आफूले एक्लै निर्णय गरेर हुँदैन । यसका लागि हामी छलफल गर्छौँ ।

तर, गण्डकीमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नहुने तर्क गर्दै आएका छन् ।