• बैशाख २८ २०८३, सोमबार

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

पुष २८ २०७९, बिहीबार

काठमाडौं । नेकपा (एमाले) महोत्तरीका संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । हिजो (बुधबार) सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको गृहमन्त्री लामिछानेले बताए ।

हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए ।

सुरक्षाकर्मी थमन बिकको हत्याको आरोप लागेका महतो गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा महोतरीबाट संघीय संसदमा विजयी भएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने सांसद महतोलाई पक्राउ गर्न गृह मन्त्रालयबाट लिखित निर्देशन आइनसकेको जानकारी दिए । उनले हिजो सार्वजनिक बिदा भएकोले निर्देशन आउन ढिला भएको हुन सक्ने बताए ।